पाेखरा,
ताण्डव न्यूज ।
पोखरा उद्योग वाणिज्य संघको चुनावमा ‘आर्थिक समृद्धिको लागि उद्योग व्यवसायको प्रगती’ भन्ने नाराका साथ चिनुकुमारी गुरुङले उपमहासचिव पदमा उम्मेदवारी दिएकी छन् । असोज ५ र ६ गते हुने गइरहेको संघको ३२ औं महाधिवेशनमा व्यवसायीहरुले भोट दिएर विजय गराउने विश्वासमा छन् ।
व्यवसायिक हिसावले सक्रिय गुरुङ पोखरा र वरपरका ग्रामिण क्षेत्रहरुलाई समेट्दै सिपमुलक व्यवसायिक तालिमहरु प्रदान गर्दै आइरहेकी छन् । उनले महिलाहरुको जीवनस्तर उकासी थुप्रै महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउन सफल भएकी छन् । ३० वर्ष लामो व्यवसायिक अनुभवलाई उनीसँग छ र नै अहिले व्यस्त पनि छन् ।
२०४९ सालदेखि निरन्तर व्युटीपार्लर व्यवसायमा लागिपरेकी उनी अहिले ४९ जनालाई रोजगार प्रदान गरिसकेकी छन् । हालसम्म १ हजार बढीलाई स्वरोजगार तथा ३ हजार जना भन्दा बढीलाई व्युटीपार्लर सिप सिकाएको गुरुङ बताउँछिन् । भारतको मद्रासबाट ब्युटिसियन तालिममा डिप्लोमा कोर्ष तथा भारतकै पुनेबाट एडभान्स स्किन केयर कोर्ष गरेकी उनले पोखरालाई प्राथमिकतामा राख्दै नेपालका प्रमुख सहरहरुमा पुगेर तालिम प्रदान गरिसकेकी छन् । उनले गरिब तथा जेहेनदार विद्यार्थीको लागि निःशुल्क तालिमको व्यवस्था गर्दै आएको बताउँछिन् ।
चिनु व्यवसाय सँगसँगै सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय छन् । व्युटीपार्लर व्यवसायी संघ, महिला उद्यमी संघ नेपाल, गण्डकी प्रदेश तालिम प्रदायक संघ (सिटिइभिटी), ग्रामीण तालिम परिषद् केन्द्र (सिटिइभिटी) भिमाद, सामुदायिक सेवाकेन्द्र एबम सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक, रोटरी, जेसिस एमनेस्टी इन्टरनेसनल जस्ता सामाजिक संघसस्थामा आबद्ध छन् ।
लायन्स क्लब अफ पोखरा ब्युटी सिटीको संस्थापक अध्यक्ष रहेकी उनी हाल लायन्स क्लब इन्टरनेशनल नेपालको डिष्ट्रिक्ट ३२५ बि १ ९१३० जोन चियरपर्सन रहेकी छन् । उत्कृष्ट कार्यसम्पादन तथा योगदानको कदर स्वरुप उनि विभिन्न संघ सस्थाबाट सम्मानित समेत भएकी छन् ।
लामाे समयदेखि पोखरामा स्थायी बसोबास गर्दै आएकी उनी एक कार्यकाल पोखरा उद्योग वाणिज्य संघको महिला उद्यम विकास समितिको सदस्य भएर काम गरेकी छन् भने एक कार्यकाल संघको कार्य समिति सदस्य भएर काम गरिसकेकी छन् ।
व्यवसायीहरुलाई कर तथा व्यवसाय सम्वन्धी अभिमुखीकरण कार्यक्रम संचालन गर्दै स-साना व्यवसायिक झन्झटलाई सहजीकरण गर्ने प्रतिबद्धता गर्दै गुरुङ सबैको साथले विजयी हुने बिश्वाश ब्यक्त गरेकी छन् । ब्यबसायी महानुभाबहरुको अमुल्य भोटको मर्यादा कायम राखि थप जिम्मेवारी लिई काम गरेर देखाउने उनकाे याेजना छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.