पोखरा
ताण्डव संवाददाता ।
पोखरा–१४ चाउथेमा संचालित चाउथे हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले पाँच सय रुपैयाँमा होल बडी चेक अपको अफर सार्वजनिक गरेको छ ।
यही फाल्गुन १५ देखि चैत १५ गतेसम्म एक महिनाको अवधिमा हस्टिपलले उक्त सेवा उपलब्ध गराउने जनाएको हो ।
‘सबैका लागि स्वास्थ्य’भन्ने उद्देश्य लिएर संचालनमा आएको चाउथे हस्पिटलले निम्न वर्गका व्यक्तिहरुका लागि उक्त कार्यक्रम प्रभावकारी हुने हस्पिटलका अध्यक्ष संजय कार्कीले ताण्डव न्यूजलाई बताए ।
हस्पिटलको प्याकेज कार्यक्रममा टीएफटी बाहेक पाँच सय रुपैयाँ र टीएफटी सहित एक हजार दुई सय पचास रुपैयाँमा सेवा उपलब्ध गराइने बताएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.