नवलपुर
ताण्डव न्यूज।
उद्योगपती एवं नेपाली कांग्रेसबाट समानुपातीकमा प्रतिनिधि सभा सदस्य बनेका बिनोद चौधरीको नवलपुरमा रहेको उद्योगले तिहार पेश्की रकम नदिएको भन्दै मजदुरहरुले ७ घण्टा उद्योग बन्द गरेका छन् ।
मजदुरहरुले सोमबार बिहान ६ बजे देखी दिउसाे १ बजे सम्म उद्योग बन्द गरेको अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर युनीयनका अध्यक्ष गोपाल बस्नेतले बताए । उनका अनुसार यस अघिको बर्षहरुमा चाडपर्ब महीना नसकीदै आएमा पेश्की रकम दिने गरेको तर अहीले तिहारमा उद्योगले तिहार पेश्की नदिने भनेपछी उद्योग बन्द गरेको बताएका छन् ।
उद्योग व्यवस्थापन पक्षले वार्ता बस्ने सहमती जनाएपछी १ बजे पछि भने उद्योग सञ्चालन भएको युनीयनका अध्यक्ष बस्नेतले बताए । दुम्कौलीमा रहेको चौधरी उद्योग ग्राममा १८ सय मजदुरले काम गर्ने गरेका छन् ।
चौधरी उद्योग ग्राम दुम्कौलीका बरिष्ठ माहप्रबन्धक रामभक्त्त केसीले दशैमा नै तलबसहित बोनस दिएको कारण अहिले नदीएको बताए । तिहारमा पेशकी दिने चलन पनि नरहेको र महीना पनि नसकीदै तलब दिन नमिल्ने उनकाे भनाइ थियाे । महिना नसकिदै तबल दिने कार्य कानुनमा पनी नभएकोले अहीले मजदुरहरुले तिहार पेश्की नपाउने उनले सुनाए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.