ताण्डव न्युज ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रहने र केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति देशभरी आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको तथा उच्च हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
भोलि बुधबार दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थान र मध्य एवं पूर्वका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना पूर्वानुमान महाशाखाको आँकलन गरेको छ । त्यस्तै, उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको जनाइएको छ ।
भोलि राति देशभरी आंशिक देखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जनाइएको छ । उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना समेत पूर्वानुमान महाशाखाले आकलन गरेको छ ।
त्यस्तै, बिहीबार दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रही पश्चिम र मध्य पहाडका थोरै स्थान र पूर्वका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाइएको छ । बिहीबार रातिपनि देशभर आंशिकदेखि सामान्य बदली रही केही भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.