www.tandavnews.com
Fact ~ In search of truth

सुहाउँदो बजेट नआए विकास र समृद्धि नारामा सिमितः काँग्रेस नेता गिरी

काठमाडौं ।

नेपाली काँग्रेसका नेता प्रदीप गिरीले देशलाई सुहाउँदो नीति तथा कार्यक्रम र बजेट आएन भने विकास र समृद्धिको कुरा नारामा मात्र सीमित हुने बताएका छन ।

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भएको छलफलमा भाग लिँदै उनले भने,“आत्मनिर्भर अर्थव्यवस्था बनाउन हाल लिदैँ आएको अर्थ नीतिको वैकल्पिक धार समात्न सक्नुपर्छ, आर्थिक वृद्धिदर बढाउने मात्र होइन, समानता कायम गर्ने बजेट बनाउनुपर्छ ।”

Batas

नेकपाका सांसद तुल्सी थापाले सिद्धान्त र प्राथमिकतामा मुलुकका समसामयिक सबै विषय समेटिएका हुँदा त्यसलाई समर्थन जनाउनुपर्नेमा सबैसंग अनुरोध गरे।उनले भने, “कृषिको विकासका लागि जमीनको चक्लाबन्दी र नवीन प्रविधिको प्रयोगमा कृषकलाई सहुलियत दिने विषय समेटिन आवश्यक छ ।” उक्त विधेयकमाथिको छलफल सकिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.