पोखरा,
ताण्डव न्यूज ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नतिजा सार्वजनिक नहुँदै बधाई दिएका छन् ।
लोकसभा निर्वाचनको मतगणना जारी रहेकै बेला ओलीले भारी मतले जितिसकेको भन्दै बधाई दिएका हुन् । प्रधानमन्त्री ओलीले टिवट् गर्दै बधाई दिएका छन् । भारतमा आज बिहानबाट लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ ।
जारी मतगणनामा भारतीय जनता पार्टी सम्मिलित गठबन्धनले ३ सय ४९ स्थानमा अग्रता लिएको छ । भाजपालाई काँग्रेसले पछ्याइरहेको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.