www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा भूपू विद्यार्थीले गरे विद्यालयलाई सहयोग

ताण्डव न्युज ।
गोरखा जिल्लाको शहिद लखन गा.पा ८ मा रहेको राम्चे प्राविलाई भूपू विद्यार्थीहरुले सहयोग गरेका छन् । भूपू विद्यार्थीहरुले चन्दा संकलन गरेर विद्यालयमा अध्ययनरत ९५ जना विद्यार्थीहरुलाई झोला, होमवर्क डायरी, परीचय पत्र, टाई बेल्ट, भित्तेघडी लगायतका सामग्री सहयोग गरेका हुन् । सामाजिक संजाल फेसबुक मार्फत देश विदेशमा छरिएर रहेका भूपू विद्यार्थी र अन्य शुभचिन्तकहरुसँग चन्दा संकलन गरी सो कार्यक्रम गरिएको राम्चे भूपू विद्यार्थी मञ्चका सचिव राजेश श्रेष्ठले जानकारी दिए ।

शहिद लखन गा.पा.को आधाभूत विद्यालय तर्फ नमुना विद्यालय घोषणा भएको विद्यालको शैक्षिक स्तर उकास्न आफुहरुले सहयोग गरेको कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं ८ का वडाध्यक्ष काशीनाथ अंगाईले बताए । कार्यक्रममा बोल्दै वडा नं ७ का वडाध्यक्ष शरण श्रेष्ठले विद्यालयको शैक्षिक स्तर उकास्न शिक्षक, विद्यार्थी, अभिभावक सबै एकजुट ुहुनपर्ने बताए । विद्यालयमा भूपू विद्यार्थीहरुद्धारा गरिएको सहयोग कार्यक्रमले आफुहरुलाई थप होशला प्रदान गरेको भूपू विद्यार्थी मञ्चका संरक्षक एवं विद्यालयका प्रधानाध्यापक ओम प्रकाश श्रेष्ठले बताए ।

Batas

आफुहरुको प्रयासलाई सार्थक तुल्याउन सहयोग गरेको भन्दै भूपू विद्यार्थी मञ्चका अध्यक्ष अनुप बावु श्रेष्ठले आगामी दिनहरुमा थप सहयोगको कार्यक्रमहरु गर्ने प्रतिवद्धता व्यक्त गरे । हाल संकलन गरिएको रकमबाट शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिनुहुदै उनले आगामी दिनहरुमा विद्यालयको कक्षाकोठा व्यवस्थापन लगायत समयानुकुल सहयोग गर्ने बताए । यसै आर्थिक बर्ष भित्रमा विद्यालयमा रु एक लाख बढिको अक्षयकोष स्थापना गर्ने लक्ष्य आफुहरुको रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

भूपू विद्यार्थी मञ्चका अक्ष्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, भूपू विद्यार्थीहरु, वडा नं ८ का जनप्रतिधि लगायतको सहभागिता रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.