www.tandavnews.com
Fact ~ In search of truth

ब्रिटेनका प्रधानमन्त्री भनी ओलीले अर्कैलाई बधाई दिएपछि….

पोखरा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटेनका नयाँ प्रधानमन्त्री भनेर अर्कैलाई बधाई दिएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ ।

हिजो प्रधानमन्त्रीको रुपमा नियुक्त भएका बोरिस जोनसनलाई ट्विटरमार्फत बधाई दिने क्रममा अर्कै व्यक्तिलाई बधाई दिएपछि आलोचना भएको हो । प्रधानमन्त्री ओलीले नव नियुक्त प्रधानमन्त्री बोरिस जोनसनको ह्यान्डल @BorisJohnson मा बधाई ज्ञापन गर्नुपर्नेमा @borisjonson लाई बधाई दिएका छन् ।

Batas

प्रधानमन्त्री ओलीले बधाई दिदैँ मेन्सन गरेका @borisjonson को जम्मा ९ फलोअर भएको जनाएइको छ । नवनियुक्त प्रधानमन्त्री बोरिस जोनसनको (@BorisJohnson) करिब ७ लाख ५० हजारले फलो गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.