काठमाडौं।
हत्याको एक वर्ष नाघिसक्दा पनि न्याय नपाएकी निर्मला पन्तको न्यायका लागि लड्दा घाईते भएकाको उपचारको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।
कन्चनपुरकी १३ वर्षीया पन्तको न्यायका लागि भएको आन्दोलन खटिदाँ घाइते भएकाहरुको उपचारको माग गर्दै कन्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशीलकुमार वैद्यमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।
घटनाको १४ महिना बितिसक्दासमेत बलात्कारपछि हत्या गरिएकी निर्मलाले न्याय नपाएको र घाइतेहरुको उपचारमा सरकार गम्भीर नभएको भन्दै अधिकारकर्मीसहित नेपाली कांग्रेसले शनिबार प्रमुख जिल्ला अधिकारी वैद्यमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा सरकारले घाइतेप्रति दुर्व्यवहार गरेको, घाइतेहरुमा कुनै समस्या देखिए आजीवन उपचार गर्नुपर्ने र उनीहरुको जीवन निर्वाहका लागि मासिक भत्ताको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.