पोखरा ।
ध्वारकोट भिरस्वारा बिकास सरोकार मंञ्च पोखरा महानगरपालिका वडा नं–२१ को आयोजनामा शुभकामना आदान प्रदान एवंम चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम पोखरा महानगरपालिका वडा नं–१७ बेलधारिमा रहेको मगर समाज भवनमा सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता सोहि मन्चका निम बहादुर गुरुङ्गले गरेका थिए।सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेश कास्की जिल्ला क्षेत्र नं –२ (क )का सांसद एवंम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष कृष्ण थापा रहेका थिए ।
कार्यक्रममा विशेष अतिथि पोखरा महानगरपालिकाका उप–मेयर मन्जु गुरुङ्ग रहेकि थिइन भने अतिथिहरु पोखरा वडा नं–२१ अध्यक्ष खगराज आचार्य , डा.चन्द्र बहादुर गुरुङ्ग, श्रीराम सुवेदी, खडग हमाल, झपट रानाभाट, शिव पौडेल, पुर्णदिप सिग्देल, दिपक सुवेदी, सीता बिश्वकर्मा, राम बहादुर गुरुङ्ग, चित्र बहादुर पौडेल, हिमलाल पौडेल, उत्तर बहादुर गुरुङ्ग, राजेन्द्र सुवेदी लगायतको उपस्थिती रहेको थियो ।
प्रमुख अतिथि कास्की क्षेत्र नं २(क) माननीय साम्सद कृष्ण थापाले मट्टिखानबाट पुडिटार सम्म ग्रिन सेटलाईट सिटि बनाउन आबश्यक भएको बताए। विकास एकै रातमा सम्भव नहुने भन्दै पोखराको विकासको लागि सहयोग गर्न अनुरोध गरे ।थापाले धुवार्कोटलाई होमस्टेको रुपमा संचालन गर्न पहिला बाटो पुर्याउनु पर्ने बताउँदै धुवार्कोट पुग्ने छोटोे बाटो राम्रो इन्जिनियर लगेर खोज्नु पर्ने बताए ।
उप मेयर मन्जु गुरुङ्गले बिजया दशमी,दीपावली, छठ पर्व २०७६ र नेपाल संवत् ११४० को उपलक्ष्यमा शुभकामना व्यक्त गरिन्। आवश्यक योजनाहरु चाहिएमा वडाको सिफारिस लियर महानगरपालिकामा आए आफुले सहयोग गर्ने उनले बताईन्।
पोखरा महानगरपालिका वडा नं –२१ का अध्यक्ष खगराज आचार्यले ध्वारकोटमा होमस्टे बनाउन र पर्यटकिय क्षेत्र बनाउन टोल बासी वडा कार्यलयमा आएमा आफुले सहयोग गर्ने बताए।स्वागत मन्तब्य राज कुमार गुरुङ्गले राखेका थिए भने चित्र बहादुर पौडेल, श्रीराम सुवेदी, झपट रानाभाट, डा.चन्द्र बहादुर गुरुङ्ग लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
उक्त कार्यक्रममा पोखरा –२१ को ध्वारकोट, मुलाबारि,मट्टिखान, कृष्तिबाट पोखरा–१७ मा आएर बसेका व्यक्तिहरुको उपस्थिति रहेको थियो।सो कार्यक्रम संञ्चालन विजय पौडेलले गरेका थिए।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.