www.tandavnews.com
Fact ~ In search of truth

चीनको संस्कृति चिनाउन कुमिदिनीमा कार्यक्रम

ताण्डव न्यूज/पोखरा ।

चिनियाँ सँस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्य सहित नेपाल चीन साँस्कृतिक केन्द्रले पोखरामा एक कार्यक्रमको आयोजना गरको छ । हरेक वर्ष चिनियाँ संस्कृति र विकास सँग सम्बन्धित कार्यक्रम गर्दै आएको केन्द्रले यस वर्ष कुमिदिनी होम्समा फोटो प्रदर्शनी तथा बृत्तचित्र प्रर्दशन गरेको हो ।

पोखराको कुमिदिनी होम्समा आज देखी सुरु भएको प्रबद्र्धनात्मक कार्यक्रम भोलि सम्म सञ्चालन हुने कुमिदिनी होम्सका प्राध्यानाध्यापक अशोक पालिखेले बताए ।

Batas

उनले चिनियाँ सभ्यतासँग जोडिएको २० वटा फोटोको प्रर्दशनी गरेको जानकारी दिदै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई बहुसँस्कृतिको बारेमा बुझ्ने मौका पाउनले धारण व्यक्त गरे ।

त्यस्तै फोटोसँगै चीन सँस्कृति र विकाससँग सम्बन्धित र ‘वन बेल्ट वन रोड’ नामक बृत्तचित्र प्रदर्शन गरिने उनले बताए । ‘यसले चिनियाँ भाषा, सँस्कृति र विकासको बारेमा बुझ्न सघाउ पुग्दछ ।’ उनले भने ।

विगत ३ वर्षदेखी नेपालको विभिन्न ठाउँहरुमा चिनियाँ सँस्कृति सम्बद्ध परिचयात्मक तथा प्रबद्र्धनात्मक कार्यक्रमको आयोजना गर्दै आएको केन्द्रले जनाएको छ ।

पोखरामा आयोजना गरिएको उक्त कार्यक्रममा केन्द्रका ४ चिनियाँ र ३ नेपाली प्रतिनिधिको सहभागिता रहेको छ भने भोलि (बिहिबार) पोखराका अन्य विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.