पोखरा
ताण्डव न्यूज ।
पोखरा –२० मौजामा नाली खन्ने क्रममा झरेको ढिस्कोले पुरिदाँ ५ जनाकाे मृत्यु भएको छ।
२ जना ढिस्को खस्दा खस्दै भाग्न सफल भएको र ५ जना पुरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।पुरिने मध्ये ४ जनाको शव निकालिएको छ । एक जनाको शव देखिएको र निकाल्ने प्रयास भइरहेको जनाइएको छ ।
पुरिने सबै सल्यान जिल्लाका हुन् । पुरिनेमा जोगेन्द्र बुढाथोकी, खिमलाल वली, गणेश वली, तोभान बस्नेत र बिज बहादुर बस्नेत रहेको एसपी कार्कीले बताए।
महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.