www.tandavnews.com
Fact ~ In search of truth

पुस १० गते सूर्यग्रहण,नाङगो आँखाले ग्रहण नहेर्न आग्रह

काठमाडौं ।

आउने हप्ता पुस १० गते नेपालमा सुर्यग्रहण लाग्दै छ । नेपालमा खण्डग्रास सूर्यग्रहण लाग्ने भएको हो ।

पुस १० गते बिहान ८ बजेर २२ मिनेट जाँदा सुरु हुने सूर्यग्रहण ११ बजेर ३१ मिनेटमा सकिनेछ। खण्डग्रास सूर्यग्रहण अधिकतम भएको समयमा काठमाडौंबाट ४८ प्रतिशत सूर्य कालो देखिनेछ। पश्चिम नेपालबाट त्यो ५१ प्रतिशत हुनेछ। सूर्यग्रहण २ घण्टा ४७ मिनेट ५० सेकेन्ड लाग्नेछ भने १० बजेर १ मिनेटमा मध्य हुने अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ।

Batas

भारतको दक्षिण क्षेत्रसहित विभिन्न स्थानबाट ‘रिङ अफ फायर’को रुपमा देखिने यो ग्रहण अत्यधिक हुँदा काठमाडौंबाट भने करिब आधा सूर्य चन्द्रमाले ढाकिएको देखिनेछ।

चन्द्रमा पृथ्वीको कक्षमा परिक्रमा गर्दा सबैभन्दा पर शिरविन्दु (एपोजी)मा पुगेको केही दिनपछि सूर्यग्रहण लाग्नलागेको हो। त्यस समयमा आकाशमा चन्द्रको आकार सूर्यभन्दा सानो भएको हुन्छ। यसको अर्थ चन्द्रले पूरै सूर्यलाई ढाकेको पृथ्वीबाट देखिँदैन जसका कारण ग्रहण लागेको बेला पृथ्वीबाट सूर्यको परिधि निकै चम्किलो प्रकाश देखिनेछ।

चिकित्सक तथा खगोलशास्त्रीहरुले नाङ्गो आँखाले ग्रहण नहेर्न सचेत गराएका छन्। नाङ्गो आँखाले ग्रहण हेरे आँखाको ज्योति गुम्न सक्ने वा आँखामा दीर्घकालीन समस्या आउने सक्नेछ। सूर्यग्रहण हेर्नका लागि विशेष प्रकारको सुरक्षित चश्मा लगाउन आग्रह गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.