काठमाडौं ।
आज (शुक्रबार) मौसममा बदली भएको छ । पोखरासहित आसपासका अधिकांश भेगमा बिहान सिमसिम पानी परेको छ । मौसम विभागको अनुसार देशका अधिकांश भागमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना छ।
अहिले पूर्वी भेग बाहेक देशका सबै क्षेत्रमा मौसम बदली भएको मौसम विभागले जनाएको छ। घाम नलाग्दा चिसो बढेको छ। शनिबारबाट भने मौसममा सुधार हुँदै जाने जनाइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।
पुस १८ गते (शुक्रबार)
दिउँसो :देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।
राति :देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।
पुस १९ गते (शनिबार)
दिउँसो :देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात र पहाडका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ।
राति :देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभाग थोरै स्थानमा हल्का हिमपात र पहाडका एक दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ।
पुस २० गते (आइतबार)
दिउँसो :देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभाग थोरै स्थानमा हल्का हिमपात र पहाडका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ।
राति :देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभाग थोरै स्थानमा हल्का हिमपात र पहाडका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.