लता जोशी /विद्यार्थी पत्रकार
ताण्डव न्यूज
कास्कीको उत्तरी भेगमा रहेको मोहोरिया गाउँमा ‘अनुशासन, विकास, गतिशिलता’ भन्ने नारा सहित ४४ औं बसन्त पञ्चमी मेला शुरु भएको छ ।
प्रयत्नशील युवा क्लवको आयोजनामा पोखरा महानगरपालिका २० मोहोरिया स्थित खेल मैदानमा मंगलबार देखी मेला शुरु भएको हो ।आगामी १६ गते सम्म सञ्चालनमा रहने उक्त मेलाको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले गरे ।
सो अवसरमा बोल्दै गाउँको बिकासका लागी युवाहरुको सक्रियता आवश्यक हुने बताउदै यस वर्ष बसाईसरेका स्थानियलाई भित्रयाउने उद्देश्यले खेलकुद र सांस्कृतिक कार्यक्रमको आयोजना गरेकामा आफु निकै खुसी भएको उल्लेख गरे ।
युवाहरु पलायन हुदा गाउँ विकास नहुने भन्दै ग्रामीण भेगमा नै आर्थिक उपार्जनका लागी समेत आफ्नो वडाबाट युवा स्वरोजगारमुखी कार्यक्रमहरु अगाडी सार्ने धारणा राखे । अध्यक्ष गुरुङले प्रयत्नशील युवा क्लवलाई यो पटकको मेलाका लागी नगद ५० हजार वडाको तर्फबाट प्रदान गर्ने प्रतिबद्धता जनाए । उनले कृषि अन्तर्गत बाख्रा पालनको पकेट क्षेत्रमा रहेको मौजा मोहोरियामा युवाहरुलाई उत्पादन मुखी काममा लाग्न अध्यक्ष गुरुङले जोड दिएका थिए ।
युवाहरु नहुदा पछिल्लो समय ग्रामीण भेगमा विभिन्न समस्याहरु उत्पन्न हुने गरेको तर्क दिदै उनले खेतीपातीका लागी युवाहरु नहुदा जग्गा जमिन बांझो हुदै गएकोमा दुख व्यक्त गरे ।
त्यस्तै मोहोरियाटोल बिकास समितिका अध्यक्ष हरि प्रसाद गुरुङले पछिल्लो समय युवाहरुले चालेको अभियानलाई सहयोग गरी ग्रामीण भेगको विकासमा युवाहरुसँग सहकार्य गर्न तयार रहेको बताए ।कार्यक्रममा बोल्दै प्रयत्नशील युवा क्लवका अध्यक्ष सन्तोष भुजेलले बसन्त पञ्चमी मेलाले आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन सहयोग पुग्ने बताउदै मेलालाई परिस्कृत गर्दै लैजाने जानकारी दिए ।
उनका अुनसरा तीन दिन सञ्चालन हुने मेलामा पुरुष भलिवल प्रतियोगिता, भेट्रान्स बास्केटबल प्रतियोगिता सँंगै राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रमहरु हुनेछ । गुरुङले खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनभने भेट्रान्स बास्केटबल प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने दोश्रो हुनेले नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताए ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.