प्रतिक्षा बास्तोला/ विद्यार्थी पत्रकार
ताण्डव न्यूज/पोखरा ।
३८ औं मगर एकता दिवस (फागुन १५) को अवसरमा स्याङ्जामा आयोजना गरिने मगर दिवस बिशेष कार्यक्रमको तयारी तिब्र पारिएको छ ।
‘मगर ईतिहास, भाषा, संस्कृति र धर्म संरक्षण–सम्बद्र्धन मगरहरुको मुलमन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने मुल नारा सहित वालिङ खेलमैदानमा आयोजना गरिने कार्यक्रमको तयारी तिब्र पारिएको हो ।
मगर दिवसको रुपमा नेपाल मगर सँघको केन्द्रीय महाधिवेशनले पारित गरेको फागुन १५ लाई विगतमा जस्तै भव्य रुपमा मनाउने तयारीमा जुटिरहेको नेपाल मगर सँघ स्याङ्जाका सचिव सागर चर्ती थापा मगरले जानकारी दिए ।
उनका अनुसार विभिन्न झाँकी तथा साँस्कृतिक र्याली सहित औपचारिक सभामा परिणत हुनेछ । सो कार्यक्रमलाई नेपाल सरकारका उपराष्ट्रपती नन्द किशोर पुन (पासाङ) ले विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थापामगरले बताए ।
उनले सो साँस्कृतिक कार्यक्रमले नेपाल सरकारको ‘भिजिट २०२०’ को लक्ष्य प्राप्तिमा थप सघाउ पुर्याउने अपेक्षा रहेको समेत सुनाए । ‘मगर समुदायको मौलिक साँस्कृतिक उत्सव जस्तै हो, उनले भने, ‘यो कार्यक्रमले मगर समुदायको संस्कार संस्कृति जगेर्नासँगै पर्यटन प्रवद्र्धनमा थप सघाउ पुग्नेछ ।’
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.