www.tandavnews.com
Fact ~ In search of truth

बेपत्ता परिवारका लागि राज्य इमान्दार भएन : मुख्यमन्त्री लालबाबु राउत

जनकपुर ।

मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अझै न्याय पाउन नसकेको टिप्पणी गरेका छ । जनकपुरमा आयोजित पीडित तथा सरोकारवालाहरुसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा आज मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुनुपर्नेमा जोड दिए ।

बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग, ललितपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले आउँदो केही दिनभित्रै बेपत्ता परिवारले न्याय पाउने विश्वास व्यक्त गरे । प्रदेश २ मा रहेका १९६ बेपत्ता परिवारको न्यायका लागि प्रदेश सरकारले आफ्नो स्तरबाट सहयोग गर्ने मुख्यमन्त्री राउतले बताए ।‘बेपत्ता परिवारको समस्यालाई अब नबल्झाऔँ’, उनले भने, ‘चाँडोभन्दा चाँडो निक्र्यौलमा पुर्याऔँ ।’

Batas

परिवारका सदस्य गुमाएकाको पीडा कम गर्नका लागि पनि न्याय दिनुपर्ने तर्क उनले गरे । मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारको समस्या तत्काल समाधान गर्न आयोगलाई आग्रह गरे ।

सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, आयोगका सहसचिव ईश्वरीप्रसाद ढकाल, सदस्य सुनिलरञ्जन सिंहलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सहभागी बेपत्ता परिवारका सदस्यहरुले आफ्नो पीडा पोख्दै सास कि लास दिनुपर्ने माग गरेका थिए ।रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.