काठमाडौं ।
नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। धरानस्थति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरीएको परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पिसिआर परीक्षणका क्रममा २४, ६० र ७२ वर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। उनीहरु क्वारेन्टाइनमा रहेकाले उपचारका लागि अस्पताल ल्याइरहेको उनले बताए।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४५ पुगेको छ। यी मध्ये ७ जना उपचारपछि निको भइसकेको उनले जानकारी दिए।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.