www.tandavnews.com
Fact ~ In search of truth

राहत वितरणमा विवाद, डोटीमा वडाध्यक्षमाथि हातपात

डोटी ।

राहत वितरणमा पक्षपात भएको भन्दै डोटीको केआइसिंह गाउँपालिका–४ का वडाध्यक्ष जयलाल धामीलाई स्थानीयवासीले हातपात गरेका छन् ।

वडाध्यक्ष धामीलाई कुटपिटका साथै वडा कार्यालयमा तालाबन्दी गरिएको छ । राहत वितरण कार्यक्रममा स्थानीयले पक्षपातपूर्ण व्यवहार भएको भन्दै हातपात गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कर्ण बोहराले जानकारी दिए ।

Batas

यसबारे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले भने, ‘वडाअध्यक्ष राहत वितरण गरिरहेका थिए, एक्कासी आएर केही व्यक्तिले उनीमाथि हातपातसहित कुटपिट गरेका रहेछन्, यसको छानबिन गर्न थालेका छौँ ।’ रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.