अर्जुन गाहा
पोखरा, ताण्डव न्यूज।
पोखरा महानगरपालिका १६ स्थित जुम्लेटी खोलाको ह्युम पाईप थुनिए भासिदा सडक अवरुद्ध भएको छ । गएरातीको वर्षाका कारण महेन्द्रगुफा– जैमुरे जोड्ने सडकखण्डको जुम्लेटी खोलाको ह्युम पाईप थुनिई भासिदा सडक अबरुद्ध भएको स्थानिय जित बहादुर खड्काले ताण्डव न्यूजलाई बताए ।
‘छनत वैकल्पिक बाटो पनि छ । तर माथी गाउँ जाने मुख्य र छोटो बाटो भनेको यही थियो । हिजो रातीको पानीले पाईप थुनिएछ र बाटो नै भासिएछ, खड्काले भने, ‘अहिले वडा १६ ले सक्रियताकासाथ पूननिर्माण गर्दैछ ।’
खड्काका अनुसार उक्त बाटो अवरुद्ध भएपछि राले, गर्लाङ, ओख्ले, खरीकुना जानेहरुले वैकल्पिक रुपमा जुम्लेटी स्कुलको बाटो प्रयोग गरिएको छ ।
त्यस्तै पोखरामा महानगरपालिका १६ का वडा अध्यक्ष जिवन आचार्यले यथाशिघ्र बाटो सुचारु गर्नका लागि ग्राभेल भर्ने काम भैरहेको बताए । ‘त्यहाँ पक्की पुलनै चाहिन्छ, तत्काललाई बाटो खुुलाम भन्ने हो, उनले भने, कार्यक्रम पारेर पछि त्यो पनि बनाउने हो ।’
उनले गएराती परेको वर्षाका कारण बगेर आएको ड्रमका कारण पानीको अत्याधिक चापका कारण बाटो भासिएको बताए । ‘पानीले बगाएको ड्रमले ह्युमपाईप थुनेछ र बाटो भासिएछ, अध्यक्ष आचार्यले भने, ‘आजै बाटो खुल्छ यो ठुलो कुरो होईन ।’
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.