www.tandavnews.com
Fact ~ In search of truth

कास्कीः मन्त्री थापा लगायतलाई कारवाही गर्न देउवालाई निवेदन

पोखरा
ताण्डव न्यूज ।
गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई हराउने भुमिका खेलेको भन्दै कास्कीका केहि शिर्ष नेतामाथी छानविन गरि कारवाहीको दायरामा ल्याउन पार्टी सभापति शेरबहादुर देउवालाई निवेदन गरिएको छ ।

पोखरा ८ नेपाली कांग्रेसको आधिकारीक उम्मेदवार सारदा गिरीलाई हराउनका निम्ति कांग्रेस कास्कीका नेता तथा गण्डकी प्रदेशका कानुन मन्त्री विन्दु कुमार थापा लगायत नेताहरु लागिपरेको भन्दै गिरीले निवेदन दिएकी हुन् ।

‘महाधिवेशन प्रतिनिधि विन्दुकुमार थापा, वीरेन्द्रनारायण विजुक्छे, निवर्तमान एकाइ सभापति सुवाष सिग्देल, वर्तमान एकाइ सभापति रमेशप्रसाद बराल र क्षेत्रीय प्रतिनिधि गीता पगेनी पौडेललाई पार्टीको नीति विपरित अन्तरघात गरेको हुँदा खराब आचरण र अनुशासनहिन काम गरेकाले अविलम्ब स्पष्टीकरण सोधी निजहरूलाई कारवाही गर्न अनुरोध गर्दछु’ गिरीको निवेदनमा उल्लेख छ ।

Batas

नेपाल महिला संघ क्षेत्र नं २ कि सभापति समेत रहेकी गिरीले नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति, नेपाली कांग्रेस कास्की, नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति, नेपाली कांग्रेस पोखरा महानगरपालिका समिति समेतलाई उक्त निवेदन बोधार्थको रुपमा सम्बोधन गरेकी छन् ।

निवेदन यसप्रकार छः

नेपाली काँग्रेस केन्द्रीय समिति वीपी स्मृतिभवन, ललितपुर नेपाल ।

विषय : स्थानीय निर्वाचन २०७९ मा अन्तरघात गर्नेलाई कारवाही सम्बन्धमा ।

महोदय, उपर्युक्त सम्बन्धमा वि.सं. २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नं. ८ बाट नेपाली काँग्रेसको आधिकारिक उमेद्वारका रूपमा म शारदा गिरी चुनावमा होमिएको र पार्टीभित्रको अन्तरघातका कारण पराजय भएको महोदयलाई स्मरण गराउन चाहान्छु ।

स्थानीय तहको चुनाव सकिएको ४ महिना पुग्न लागिसकेको छ । आउदो मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन घोषणा भइसकेको छ। मैले नेपाली कांग्रेस वडा नं. ८ को पार्टी कार्यालयमा चुनावका विषयलाई लिएर समीक्षा बैठक राखी आफ्ना कुरा राख्न पटकपटक आग्रह गर्दा पनि पार्टी कार्यालयले कानमा तेल हालेर नसुनेका कारण यो उजुरी निवेदन लेख्न बाध्य भएको छु राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि सात दशकदेखि संघर्षरत नेपाली कांग्रेस पार्टीले आह्वान गरेको पटकपटकको आन्दोलनमा सक्रियतापूर्वक सहभागित जनाएँ, जनआन्दोलनका क्रममा घाइते भए तर पनि पार्टीले दिएको जिम्मेवारी नेपाल महिला संघ क्षेत्रीय सभापति क्षेत्र नं. २, नेपाल महिला संघ कास्की वडा नं. ८ को सभापति साथै सामाजिक संघसंस्था र विभिन्न विद्यालय व्यवस्थापन समितिमा रहेर निरन्तर पार्टीको बफादार सिपाही बनेर काम गरिरहेको छु ।

स्थानीय निर्वाचनमा पार्टीले नै टिकट तय गरेर म चुनावमा होमिएको थिए तर मलाई पार्टीका स्वघोषित वरिष्ठ भनाउने वडा नं. ८ के व्यक्तिहरूले अन्तरघात गरी, नेपाली कांग्रेसको साख गिराई, प्रतिस्पर्धी दलका उमेद्वारलाई सूर्य चिह्नमा मतदान गरी ६ सय १६ मतको अन्तरले विजयी गराउन अन्तरघाती भूमिका खेले ।

नेपाली कांग्रेस पार्टीको धज्जी उडाउने गरी यस्तो अवाञ्छनीय गतिविधिमा मोलाहिज्जा र सांठगांग गर्ने ४ तारा अंकित झण्डा नेपाली कांग्रेस पार्टी झण्डा र रुख चिह्नको अपमान गर्ने महाधिवेशन प्रतिनिधि विन्दुकुमार थापा, वीरेन्द्रनारायण विजुक्छे, निवर्तमान एकाइ सभापति सुवाष सिग्देल, वर्तमान एकाइ सभापति रमेशप्रसाद बराल र क्षेत्रीय प्रतिनिधि गीता पगेनी पौडेललाई पार्टीको नीति विपरित अन्तरघात गरेको हुँदा खराब आचरण र अनुशासनहिन काम गरेकाले अविलम्ब स्पष्टीकरण सोधी निजहरूलाई कारवाही गर्न म केन्द्रीय समितिसँग हार्दिक अनुरोध गर्दछु ।

जय नेपाल

शारदा गिरी

नेपाल महिला संघ क्षेत्रीय सभापति क्षेत्र नं. २ नेपाली काँग्रेस वडा नं. ८ को वडा अध्यक्षको उमेद्वार

बोधार्थ : नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति, नेपाली काँग्रेस कास्की जिल्ला कार्यसमिति, नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, नेपाली काँग्रेस पोखरा महानगरपालिका समिति, विभिन्न आमसञ्चार माध्यमहरू

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.