ताण्डव संवाददाता
पाेखरा , २९ माघ
स्याङजा आधिखोला गाउँपालिका ५ मा बसले ठक्कर दिदा आज सुमन शर्मा गम्भिर घाइते भएका छन् । स्याङजा जुग्लेबाट पोखरा तर्फ आउदै गरेको बसमा चढ्ने क्रममा सोही दिशा तर्फ आउदै गरेको ग १ ख ५९९९ नम्बरको बसले ठक्कर दिदा ९ वर्षीय शर्मा घाइते भएका हुन् ।
गम्भिर घाइते भएका शर्मालाई उपचारको लागि पोखरा ल्याइएको स्याङजा प्रहरीले जनाएको छ ।
सोही विषयलाई लिएर स्थानीयले सडक अवरोध गरेका थिए । ४०–५० जनाको संख्यामा आएका स्थानीयले बाटोमा ढुङगा मुडा तथा टायर बालि बाटो अवरोध गरेका थिए । करिब साढे २ घण्टाको अवरोध पछि बाटो खुलिएको स्याङजा प्रहरीले जनाएको छ ।
प्रधुम्न पनेरु माविका प्रध्यानाध्यापक दिप्ती नारायण शर्माको नेतृत्वमा १ सय ५० जना विद्यार्थीसहित दोषीलाई कारबाही र बाटो फराकिलो गर्न आधिखोला गाउँपालिकााके कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
प्रहरीले घटनामा संलग्न चालक र साधनलाई नियन्त्रणमा लिएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.