काठमाडौं ।
आज थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा २४६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रिय संक्रमितको संख्या पाँच हजार ६ सय ७२ रहेको पत्रकार सम्मेलनमार्फत जानकारी दिए।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १११ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार ६०३ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार ९६४ जना रहेका छन्।
शनिबार ३१५, शुक्रबार २२४, बिहीबार २७४, बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो।
नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५७ पुगेको छ।
नयाँ संक्रमित ।
-पर्सा ८१
-काठमाडौं २२
– सुनसरी १२
-मोरङ १६
-धनुषा ३५
-चिवतन १
-महोत्तरी ५
-सर्लाही २
-बझाङ २
-डोटी १२
–कैलाली १०
-ललितपुर ८
-बर्दिया १
-दार्चुला १
-गोरखा १
-रौतहट २
-सिन्धुली १
-भक्तपुर १
-कास्की ५
-बागलुङ १
-लमजुङ ३
-स्याङ्जा ८
-तनहुँ २
-बर्दिया ९
-नवलपरासीपूर्व ३
-रुपन्देही १
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.