www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाबाट पहिलो गर्भवती महिलाको मृत्यु

आज कोरोनाले ६ को ज्यान लियो

पोखरा ।

पछिल्लो समय कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दिनकै वृद्धि हुन थालेको छ । आज यो समाचार तयार पार्दा सम्म देशका विभिन्न जिल्लामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

आज मात्रै पोखरा महानगरपालिकाकी ३२ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको कोभिड १९ उपचार केन्दको आई.सि.यु मा उपचार भईरहेको थियो । उपचाररत उनको आज बिहान मृत्यु भएको हो ।

Batas

यसैबीच उता वीरगन्ज स्थित बाराकी एक कोरोना संक्रमित गर्भवती महिलाको आज बिहान नारायणी अस्पतालमा मृत्यु भएको छ । ३३ हप्ताकी गर्भवती २३ वर्षीया महिलालाई ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले अस्पताल भर्ना गरेका थिए । नेपालमा कोरोनाबाट गर्भवती महिलाको मृत्यु भएको यो पहिलो पटक हो ।

यस्तै बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत एक महिलाको आज बिहान मृत्यु भएको छ । गत भदौ १ गते अस्पताल भर्ना भएकी ७० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ ।

यस्तै पर्साको धोवीनी गाउँपालिकाका ७२ वर्षका पुरुषको पनि कोरोना संक्रमण कै कारण निधन भएको जनाइएको छ ।

यस्तै वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज–१४ बहुअरी बस्ने ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यस्तै ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । उनलाई भदौ ९ गते कोरोना पुष्टि भएको थियो ।

कोरोनाबाट ज्यान गुमाएकाहरुको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.