www.tandavnews.com
Fact ~ In search of truth

धरानमा ४५ मिनेट फरकमा कोरोनाले लियो आमाछोराको ज्यान

पोखरा।

धरानमा ४५ मिनेटको फरकमा कोरोना संक्रमित आमा छोराको मृत्यु भएको छ ।

हिजो शनिबार धरान स्थित बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी धरान उपमहानगरपालिका –१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आज आइतबार बिहान मृत्यु भएको हो ।

Batas

छोराको ७ बजेर ४५ मिनेटमा र आमाको ८ बजेर ३० मिनेट जाँदा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । दुवै उच्च रक्तचाप र मधुमेह रोगबाट ग्रसित रहेका थिए ।

कोरोनाको लक्षणप्रश्चात स्वाब लिइएको मा दुवैजनामा आजै बिहान कोरोना संक्रमण पुष्टि भएको उपचाररत प्रतिष्ठानले जनाएको छ ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.