पोखरा ।
नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै संक्रमित थपिएका छन् । गएको २४ घण्टामा एक हजार चार सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
यो सगँै नेपालमा कोरोना भाइरस संक्रमितको संख्याँ ५१ हजार नौ सय १९ पुगेको छ । यस्तै गएको २४ घण्टामा नौ सय ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन सय २२ पुगेको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा १० हजार सात सय एक जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको थियो ।
अब नेपालमा १४ हजार नौ सय २५ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । तीमध्ये एक सय ७० जना आईसीयू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।यस्तै ६ हजार ७८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.