www.tandavnews.com
Fact ~ In search of truth

अमेरिकी राष्ट्रपति ट्रम्प चार दिनको उपचारपछि ह्वाईट हाउस फिर्ता

काठमाडौं ।

कोरोनाभाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किएका छन् ।

उनलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि गत शुक्रबार गरिएको थियो । त्यसपछि लगत्तै उनी सैनिक अस्पतालमा भर्ना भएका थिए ।उनी अस्पतालबाट निवास फर्किए पनि उनको उपचार भने निवासबाटै जारी रहने अधिकारीहरूले जनाएका छन् ।

Batas

आफ्नो स्वास्थ्य अवस्थामा धेरै सुधार आएको ७४ बर्षीय ट्रम्पले बताएका छन् । उनले चाडै नै आफु सार्वजनिक रुपमा निर्वाचनको काममा लाग्ने पनि जानकारी दिए ।

अमेरिकामा आगामी नोभेम्बर २९ तारिखमा राष्ट्रपतिय निर्वाचन हुन लागेको छ भने ट्रम्प पनि प्रतिष्पर्धामा छन् ।अस्पतालबाट ह्वाइट हाउस उनी छोटो हेलिकोप्टरमार्फत् गएका हुन् । उनी अस्पताल जादाँ पनि हेलिकोप्टरमै गएका थिए ।

ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा ठीक भने नभइसकेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनीहरुका अनुसार ट्रम्पको अवस्था निवासमा फर्कन मिल्ने खालको रहेको र निवासमा रहँदा पनि उनलाई २४ नै घन्टा उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने व्यवस्था गरिएको छ ।

ह्वाइट हाउस पुगेपछि उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मिथ्या समाचारले मिथ्या चुनावी सर्वेक्षण मात्र देखाइरहेका छन् ।’

उनले कोरोनाबाट डराउनु पर्ने आवश्यकता नरहेकोमा फेरी पनि जोड दिएका छन् । उनले यसअघि पनि कोरोनालाई सामान्य रुपमा लिन आह्वान गर्दै आएका थिए।

उनलाई शुक्रबार राति वाल्टर रिड नेशनल सैनिक अस्पताल लगिएको थियो । अस्पतालमा उनलाई थेरापीलगायतका उपचारका उपायहरु अपनाइएको छ ।

उनी बिहीबार मध्यान्ह एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि संक्रमित भएको बताइएको छ । उनीसँगै उनकी पत्नी मेलानिया पनि संक्रमित भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नी श्रीमतीको पनि अवस्था सामान्य नै रहेको जानकारी दिएका छन् ।

त्यसैगरी ह्वाइट हाउसका अन्य कम्तीमा १२ जना कर्मचारी तथा सहयोगीहरुलाई पनि संक्रमण देखिएको जनाइएको छ ।विश्वमै सवैभन्दा धेरै मानिसहरू कोरोनाभाइरसबाट संक्रमित रहेको मुलुक अमेरिकामा अहिलेसम्म दुई लाख १५ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ ।

अमेरिकामा अहिलेसम्म ७६ लाख ७९ हजार ६४४ भन्दा बढी मासिन कोरोनाभाइरसबाट संक्रमित भएका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.