www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश पर्यटकीय गन्तव्य पसगाउँ

पोखरा
ताण्डव न्यूज ।

प्रदेश ४ को सरकारको नीति तथा कार्यक्रम र बजेटले घोषणा गरेको तीन सय होमस्टे गाउँ बनाउने लक्ष्यमा लमजुङको पसगाउँ पनि समेटिने भएको छ ।

क्होलासोंथर गाउँपालिका ६ पसगाउँमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवको अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त घोषणा गरेका हुन् ।

Batas

‘अब गाउँहरुलाई आर्थिक गतिविधिको केन्द्र बनाउनुपर्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘युवाहरुलाई गाउँ फर्कने वातावरण बनाउनुपर्छ ।’ आठौँ पसगाउँ महोत्सब सम्पन्न गर्दासमेत पसगाउँमा पर्यटन नफस्टाएको भन्दै मुख्यमन्त्री गुरुङले कमजोरीको पहिचान गरेर सच्याउन आग्रह गरे ।

गाउँको प्रचार प्रसार र पर्यटकीय पूर्वाधार विकासमा ध्यान दिन आग्रह गर्दै उनले भने, ‘हामी आफैले काम गर्नुपर्छ, अरुको मुख ताकेर हुँदैन ।’

मुख्यमन्त्री गुरुङले आफू पर्यटनमन्त्री भएको बेला गाउँगाउँमा पर्यटन महोत्सव चलाएको स्मरण गर्दै पर्यटनको लाभ गाउँसम्म पु¥याउन र गाउँमा जागरण ल्याउन यस्तो अभियान चलाउनुपर्ने बताए ।

पसगाउँ प्रकृति र संस्कृतिको धनी भएको भन्दै यसैको संरक्षण र प्रवद्र्धनमार्फत पर्यटक आकर्षण गर्न सकिने उनको धारणा छ । विकास र समृद्धिका लागि गाउँमा राजनीतिक सहमति गर्न आग्रह गर्दै मुख्यमन्त्री गुरुङले एक अर्काको खुट्टा तान्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।

पसगाउँबासीले २०५८ सालदेखि नै पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरेका थिए । क्व्होलासोंथर ६, पसगाउ“का वडाअध्यक्ष मनलाल गुरुङले गाउ“मा पर्यटकका लागि २५ वटा होमस्टे सञ्चालनमा रहेको बताए ।

पसगाउँ वरिपरि रहेका क्होंमे्रडा“डा, छेदोपु“, ङ्ह्योजे लगायत ठाउँबाट प्राकृतिक सौन्दर्य देख्न सकिने उनको भनाइ छ । गुरुङ समुदायको झुरुप्प बस्ती रहेको गाउँमा लोपोन्मुख घा“टु, कृष्णचरित्र, सारंगीनाच लगायत पौराणिक नृत्य लगायत देख्न पाइने वडाध्यक्ष गुरुङले जानकारी दिए ।

समुद्री सतहदेखि १ हजार ६ सय ३० मिटरको उचाइमा रहेको पसगाउ“ कास्कीको मादी गाउ“पालिको सीमानामा पर्छ । गाउँमा २ सय ५० घरधुरी छन् । गाउ“मा चोविसै घण्टा बिजुलीपानीको सुविधा छ ।

क्व्होलासोंथर गाउँपालिका उपाध्यक्ष कुमारीमुनि गुरुङले पसगाउँको विकासमा गाउँपालिकाले विशेष जोड दिएको बताइन् ।

पसगाउँ जाने बाटोलाई उच्च प्राथमिकता दिएको भन्दै उनले भनिन्, ‘विकासका योजना वडाअध्यक्ष मार्फत माग लिएर आउनुहोला, हामी सहयोग गर्छौ ।’ उनले सिपमूलक र आयमूलक योजनालाई गाउँपालिकाले प्राथमिकता दिने भन्दै यस्ता योजनाको माग लिएर आउन स्थानीयबासीलाई आग्रह गरिन् ।

विन्दबासिनी हाइड्रोपावरका अध्यक्ष कृष्ण आचार्यले पसगाउँ तलबाट बग्ने रुदीखोलामा निर्माणाधिन दुईवटा जलविद्युत आयोजनाले गाउँको विकासमा सहयोग गर्ने बताए ।

दुइवटा आयोजनाबाट १५.८ मेगावाटको विद्युत उत्पादन हुनेछ । उक्त आयोजनाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पसगाउँ र सिङ्दी पुग्ने मोटरबाटो बनाएको थियो । आचार्यले जलविद्युत कम्पनीमा शेयर हाल्न समेत स्थानीयबासीलाइ आग्रह गरेका छन् ।

महोत्सवमा नेकपा एमाले प्रदेश ४ का संसदीय दलका नेता मायानाथ अधिकारी, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मोहनहरि पौडेल, विन्दबासिनी हाइड्रोपावरका अध्यक्ष कृष्ण आचार्य, नेपाली कांग्रेस पसगाउँका सभापति पदमबहादुर गुरुङ लगायतले बोल्दै गाउँको विकासमा स्थानीयबासी नै अग्रसर भएर लाग्नुपर्ने बताएका थिए ।

मोटरबाटो उद्घाटन

सोही अवसरमा क्यु– पसगाउँ मोटरबाटोको पनि उद्घाटन गरिएको थियो । साविकको पसगाउँ गाविसको १० लाख रुपैयाँ बजेटबाट निर्माण गरिएको मोटरबाटोको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा बोल्दै मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष एवं समाजसेवी बलराम गुरुङले गाउँको विकासमा ध्यान दिन आग्रह गरे ।

सबै तहमा सरकार गठन भइसकेको भन्दै उनले थपे, ‘मुलुकले काँचुली फेर्न लागेको बेला पसगाउँले पनि फेर्ला ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.