काठमाडौं ।
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९०० ले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुनसमेत प्रतितोला ९०० ले ओरालो लागेको छ । बुधबार प्रतितोला ९२ हजार ९५० मा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला १५ ले घटेको छ । बुधबार प्रतितोला एक हजार २१५ मा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला एक हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । रासस
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.