पोखरा,
ताण्डव न्यूज ।
गण्डकी प्रदेशमा आज दुई जनाको शव फेला परेको छ । प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जानकारी अनुसार मुस्ताङ र तनहुँमा गरि दुई जनाको शव फेला परेको हो ।
तनहुँ आबूखैरेनी गाउँपालिका –२ नारीघाट स्थित धनराज गुरुङको जीर्ण घरमा बस्दै आएका अन्दाजी ५५ वर्षीय समय निरौला नाम बताउने पुरुष घर भित्रै मृत अवस्थामा भेटिएका थिए ।
तनहुँमा मृत भेटिएका हुन् । निरौला बसेको घरको ढोका २ दिन देखी बन्द रहेको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी र जनप्रतिनिधीको रोहबरमा घरको ढोका खोली हेर्दा निरौला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार उनको ठेगाना खुल्न सकेको छैन्।
यसैबीच मुस्ताङमा एक पुरुष मृत भेटिएका छन् । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– का यासिर लेक ठाउँका ३५ वर्षीय टसि दोर्जे गुरुङ आफ्नै भेडीगोठमा जाने क्रममा भिरबाट अन्दाजी ५०० मिटर तल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
भेडीगोठ जान हिडेका दोर्जे गोठमा नपुगेको भनी उनको बहिनीले प्रहरीमा जानकारी गराएपछि खोजीमा निस्केको प्रहरीले दोर्जेलाई मृत फेला पारेको जनाएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.