पोखरा,
ताण्डव न्यूज।
पोखरामा एक युवक लागूऔषध गाँजासहित पक्राउ परेका छन् ।
कोठामा लुकाईछिपाई राखेको ५०० ग्राम लागूऔषध गाँजासहित १९ वर्षीया सनम लिम्बु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
प्रहरीको अनुसार पाँचथर मिक्लाजुङ गाउँपालिका ८ घर भएका सनम हाल पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारी बस्दै आएका छन् ।
उनी पौष २९ गते पक्राउ परेका थिए । प्रहरी ढिला गरि आज सञ्चारमाध्यमलाई सुचना दिएका हो । उनीमाथि लागूऔषध सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.