www.tandavnews.com
Fact ~ In search of truth

आइसफल डाक्टरको टोली सगरमाथा आधार शिविरमा

काठमाडौं ।

सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न सात जना आइसफल डाक्टरको टोली सगरमाथा आधार शिविर पुगेको छ ।

विगत लामो समयदेखि दोस्रो शिविरसम्म बाटो बनाउँदै आएको विशेषज्ञको टोली यही फागुन २५ गते आधार शिविर पुगेको त्यहाँबाट आइसफल डाक्टर आङसर्की शेर्पाले जानकारी दिए ।

Batas

टेलिफोन सम्पर्कमा उनले केही दिनमै शिविर एकतर्फ बाटो निर्माणमा जाने तयारी भइरहेको बताए । आधारशिविर पुगेको टोलीले अहिले (रुट) बाटो हेर्ने र आवश्यक तयारीको बारेमा जानकारी लिने काम भने भइसकेको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिए ।

उनका अनुसार बाटो निर्माण गर्ने टोलीमा पाल्देन नामगेल शेर्पा, आङसार्की शेर्पा, मिङ्गमातेम्बा शेर्पा, दावाजाङ्बु शेर्पा, दावानुरु शेर्पा, ङिमावाङ्छु शेर्पा र फुछेतर शेर्पा रहेका छन् । आइसफल डाक्टरले सगरमाथाको आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउने गर्दछन् ।

रुटमा भ¥याङ राख्नेदेखि डोरी टाङ्ने कामसमेत सोही टोलीले गर्ने आइसफल डाक्टर आङसर्की शेर्पाले बताए । सोहीकारण आरोहणपूर्वको यो काम जोखिमपूर्ण हुने उनको भनाइ छ ।

सगरमाथा आधार शिविर हुँदै सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल चढ्ने गरिन्छ । यो वर्ष मौसमले साथ दिएमा वैशाखको दोस्रो साताबाटै आरोहीलाई चुचुरोतर्फ लैजाने योजना छ । अहिले पर्यटन विभागले आरोहण अनुमति खुला गरिसकेको भएपनि सगरमाथा आरोहणका लागि भने कुनैपनि समूहले अनुमति नलिएको निर्देशक मीरा आचार्यले बताए ।

सगरमाथा बाहेक अन्य हिमाल आरोहणका लागि भने तेस्रो समूहले अनुमति लिएको छ । अन्नपूर्ण हिमाल आरोहणका लागि १५ जना आरोही सम्मिलित एउटा समूहले आइतवार अनुमति लिएका छन् भने चार जनाको एउटा समूहले नुप्त्से र एक जनाले मनास्लु हिमाल आरोहणका लागि अनुमति पाएका छन् । योसहित वसन्तयाममा हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको संख्या २० पुगेको छ ।

अघिल्लो वर्ष भने कोरोनाका कारण हिमाल आरोहण बन्द भएको थियो । व्यवसाय ठप्प हुँदा घरव्यवहार धान्न नै मुस्कील परेको व्यवसायी किताव सिं तामाङले बताउनुभयो । यो सिजनमा पर्यटक आउने आशा लागेको तामाङको भनाइ छ । केही पर्यटक आउनेक्रम रहेको र हिमाल आरोहणका लागि अनुमतिसमेत प्रदान गर्न थालिएसँगै यस क्षेत्रमा लाग्नेमा आशा पलाएको अर्का पर्यटक व्यवसायी तुलबहादुर तामाङले बताए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.