www.tandavnews.com
Fact ~ In search of truth

अप्टिकल सेन्टरको शुभारम्भ गर्दै गायक पशुपति शर्माले भने, ‘आँखाको चेकजाँच गराइराखौं ’

ताण्डव न्युज ।
पोखरा

‘केयर फोर साईट क्लिनिक एण्ड अप्टिकल सेन्टर’ को शनिबार चर्चित गायक पशुपति शर्माले शुभारम्भ गरेका छन् । पोखरा–२, अर्चलबोटमा सञ्चालन हुन लागेको सेन्टरको शुभारम्भ गर्दै गायक शर्माले आँखाको हेरचाह र उपचार गर्न हेलचेक्राई गर्न नहुने बताए ।

‘एक÷डेढ वर्षमा आँखाको परिक्षण गरिरहनुपर्ने हुन्छ । हाम्रो अल्लि जटिल भएपछि मात्र अस्पताल जाने बानी छ । त्यस्तो बानी नगर्नुहोला,’ उनले भने , ‘तपाईको टोल,छेउमा खुलेका यस्ता अप्टिकल सेन्टरमा गएर आँखा जाँच गराउनुहोला ।’ जुन उद्धेश्यले अप्टिकल सेन्टर खोलिएको छ त्यसको सफलताको समेत शुभकामना समेत शर्माले व्यक्त गरे ।

Batas

गायक घनश्याम रिजालले सबै उमेर समूहले एकपटक आँखा जाँच गराउनको लागि आग्रह गरे । अप्टिकल सेन्टर डा. कृष्णप्रसाद भट्टराईले सञ्चालनमा ल्याएका हुन् । अध्ययन र कामको अनुभवलाई सगालेर आफै सञ्चालनमा ल्याउन कस्सिएको उनले बताए ।

‘आँखाको उपचारको लागि ठूलाठूला हस्टिपल धाउनुपर्ने अवस्था छ । भीडभाड उस्तै समस्या हुन्छ । त्यसैले हरिचोकदेखि जिरोकिमी सम्म कतै यस्तो सेन्टर नभएकोले सञ्चालन गरेको हो,’ उनले भने, ‘यहाँ ग्लास, पावर लेन्स, आँखा जाँच, फ्रेमिङ, सिसा पाउन सकिनेछ । अप्टिकल सेन्टर सञ्चालनमा आएको एक महिनासम्म निशुल्क आँखा जाँचको सुविधा छ । र अन्य सेवामा पनि छुट रहेको छ ।’

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.