www.tandavnews.com
Fact ~ In search of truth

मौलिक हक कार्यान्वयनकालागि आर्थिक समृद्धि आवश्यक : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले सत प्रतिशत मौलिक हकहरुलाई कार्यान्वयन गर्नु चुनौतीपूर्ण रहेकाे बताएका छन् ।

पर्वतको कुश्मामा नेपाल जेसिजको क्षेत्र ख सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सीनाले मुलुक आर्थिक रुपमा सम्बृद्ध नहुँदा सम्म सबै मौलिक हक कार्यान्वयन गर्नु चुनौतीपूर्ण काम भएको बताएका हुन् । उनले सबै जनताले कानुनले सुनिश्चित गरेका हक अधिकार उपभोग गर्न सक्नै हैसियत बनाउनुपर्नेमा जोड दिँदै अबको जिम्मेवारी मौलिक हकको सत प्रतिशत कार्यान्वयन नै भएको उल्लेख गरे ।

Batas

पेट भोको भएको अवस्थामा हक र कानुनका किताब देखाएर पेट नभरिने भएको भन्दै अध्यक्ष तिमिल्सीनाले त्यसका लागि देशमा सबैभन्दा पहिले आर्थिक समृद्धीको आवश्यकता रहेको बताए । संबिधानमा असहमति राख्ने पक्षले समेत मौलिक हक पारित गर्दा सहमति गरेको बताउँदै अध्यक्ष तिमिल्सिनाले संबिधानले दिएको हक कार्यान्वयन गर्ने वातावरण बनाउने दायित्व सबै राजनैतिक दलले लिनुपर्ने उल्लेख गरे ।

मुलुकमा बिधीको शासन चाहिएको बताउँदै उनले बिधि र शासन दुईतिर फर्किएमा बिगतकै शैलीले निरन्तरता पाउने र देशको आर्थिक समृद्धि असम्भव रहने उनको भनाई छ । संबिधानले ग्यारेण्टी गरेका कुरा पुरा नहुँदा नागरिक अदालत जाने अवस्था आउने भएकाले त्यसलाई कार्यान्वयन गर्ने कुरामा राजनीतिक एकता आवश्यक भएको अध्यक्ष तिमिल्सिनाको ठहर छ ।

संघिय संसदले १६ वटा मौलिक हक सर्वसम्मत रुपमा पारित गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.