www.tandavnews.com
Fact ~ In search of truth

एम्बुलेन्सले बाटोमै शव छोडेछ : प्रहरी

सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो ।

स्थानीयवासीको सूचना पाउनेबित्तिकै प्रहरी त्यहाँ पुग्यो । कम्बलले ढाकेको शव त्यहाँ कसरी आइपुग्यो ? कसले छोड्यो ? कहाँ लगिँदै थियो र कस्तो खालको बिरामी थियो ? भन्ने कुरा प्रहरीले खोजी ग¥यो । प्रहरीले खोजी गर्दा मृतकसँगै भारतबाट आएका दुईजनालाई भेट्यो । उनीहरु गुराँस गाउँपालिका–२ दैलेखका रहेछन् ।

Batas

“मृतक गुराँस गाउँपालिका–२ दैलेखका ४२ वर्षीय लखन नेपाली रहेछन्”, जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले भने , “मृतकसँगै आएका दुईजनाका अनुसार नेपाली भारतको गढवालमा गाडीबाट लड्दा घाइते भएका रहेछन् ।” मृतकका आफन्तले घाइते उनलाई नेपालगञ्जसम्म बसमा ल्याएको र त्यहाँदेखि एम्बुलेन्स चढाएर सुर्खेत ल्याएको बुझिएको उनले बताए ।

राति कतिबजेतिर सुर्खेत पु¥याएर एम्बुलेन्सले छोड्यो र फिर्ता भयो त्यो स्पष्ट जानकारी नभएको प्रहरी निरीक्षक रायमाझीले बताए । उनका अनुसार मृतकको विषयमा गुराँस गाउँपालिकाका जनप्रतिनिधिलाई खबर गरिएको छ । नेपालीको शवलाई शववाहन व्यवस्था गरेर दैलेख पठाउन थालिएको उनको भनाइ छ ।

यता स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले मृतक नेपालीका बारेमा स्पष्ट जानकारी नभएको बताउँदै घटनाको सम्बन्धमा बुझ्ने र उनीसँग भारतबाट आएका दुईजनाका बारेमा बुझेर काम कारवाही अगाडि बढाउने जानकारी दिए । रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.