www.tandavnews.com
Fact ~ In search of truth

जन्मदिनमा पोखरा-२१का ‘विपन्न अपाङ्ग’हरुलाई ‘बिश्वास’को सहयोग

पोखरा
ताण्डव न्यूज।

जन्मदिन, सबैको बिशेष दिन । हरेकलाई आफ्नो जन्मदिन महत्वपुर्ण हुन्छ । जन्मदिनमा परिवार, साथीभाईसँग ‘गेट टुगेदर’ त भइ नै हाल्यो, सामाजप्रतिको उत्तरदायित्वपनि बोध गर्न थालेका छन् युवाहरु । धेरथोर सकेको सहयोग गरौँ भन्ने भावना पछिल्ला दिनहरुमा बढ्दै गरेको पाइन्छ ।

यहि भावना आत्मासात् गरेका पोखरा-३०का बिश्वास गौतमले जन्मदिनको अवसरमा सहयोग गरेका छन् । गौतमले पोखरा-२१का विपन्न अपाङ्गहरुलाई आज (सोमबार) खाद्यान्न सहयोग गरेका हुन् ।

Batas

कोभिड-१९को महामारीले निम्त्याएको संकटमा रहातको मल्हम बोकेर उनि आज पोखरा २१ कृस्ती स्थित वडा कार्यालय पुगे । ‘हामीले वडा कार्यालयको समन्वयमा बिशेषतः अपाङ्गहरुलाई लक्षीत गरेर सहयोग गरेका हौँ । आर्थिक अवस्था अत्यन्तै न्यून भएका अपाङ्गहरुलाई यो महामारीको बेला त झन् अप्ठ्यारो हुन्छ । आज, जन्मदिन पनि हो । यहि मेसोमा सहयोग गर्ने सु अवसर पनि प्राप्त भएको छ,’ गौतमले सुनाए । गौतमले २० बोरा चामल, तेल, दाल, नुन लगायतका खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।

पोखरा-२१का वडाध्यक्ष खगराज आचार्यले युवाहरु समाज रुपान्तरण र बिकासकालागि एक्सनमा उत्रिनुपर्नेमा जोड दिए । गौतमलाई शुभकामना एवं धन्यवाद दिँदै वडाध्यक्ष आचार्यले भने,‘हामी बोल्नेमात्रै भन्दापनि एक्सनमा उत्रन जरुरी छ । युवाहरुको यसप्रकारको सहयोगको भावनालाई म सेलुट गर्दछु ।’

सहयोग हस्तान्तरणका क्रममा बोल्दै पोखरा-२१ कोभिड-१९ सहयोग उपसमितिका संयोजक अर्जुन गिरीले सहयोगका लागि धन्यवाद दिए । कोभिड महामारीको घडीमा यसप्रकारको सहयोग अतिआवश्यक रहेको उनले बताए ।

कार्यक्रममा पोखरा-३०का प्रकाश गुरुङ, रोशन भण्डारी लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण पोखरा-२१ कोभिड १९ सहयोग उपसमिति सदस्य सिता बिकले गरेकी थिइन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.