काठमाडौँ (रासस)
वरिष्ठ न्यूरो सर्जन प्रा डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले जनाएको छ ।
उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ । इन्ष्टिच्यूटले आज विज्ञप्ति जारी गर्दै प्रा डा देवकोटाको अवस्थालाई लिएर सामाजिक सञ्जालमा आइरहेका खबरमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेको छ ।
अस्पतालबाट जारी गरिने आधिकारिक जानकारीबाहेकका भ्रामक सूचनामाथि विश्वास नगर्न सबैमा आग्रह गरिएको छ ।
अस्पताल तथा देवकोटा परिवारले प्रा डा देवकोटाको स्वास्थ्यावस्थाका बारेमा चासो राख्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.