www.tandavnews.com
Fact ~ In search of truth

पोखराका शिवालयमा भक्तजनहरुको भीड (फोटो फिचर)

ताण्डव संवाददाता
पोखरा, फागनु १ ।

हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्री मंगलबार पोखराको विन्दवासिनी मन्दिर सहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । दर्शनार्थीहरूको विन्दवासिनी, बाराही मन्दिर लगायत देशभरका शिवालयहरूमा विहानैदेखि घुइँचो छ ।

शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।

Batas

सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा लिइने प्रचलन छ । व्रतमा सर्वाेत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्व्सिद्धि भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ ।

विन्दवासिनीको शिव मन्दिरमा बिहान ४ बजेदेखि नै दर्शनार्थीको घुइँचो लागेको हो । महाशिवरात्रि पर्वको अवसरमा दर्शनार्थीको बिहान ४ बजेदेखि नै भीड लागेको विन्दवासिनी धार्मिक व्यवस्थापक समितिका सचिव तीर्थ श्रेष्ठले जानकार दिए । अरू दिन भन्दा पोखराका मन्दिरमा शिवरात्रीको दिन दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर आफैले पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

सहज एवम् छिटो दर्शन गर्ने व्यवस्था मिलाउन सुरक्षाकर्मी र स्वयम्सेवकको टोली परिचालन गरिएको छ ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.