www.tandavnews.com
Fact ~ In search of truth

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको प्रमुखबाट हटाईए ईश्वर पोखरेल

काठमाण्डौ
ताण्डव न्यूज ।

सरकारले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) पुनर्गठन गरेको छ ।

अध्यादेशमार्फत सीसीएमसीको पुनर्गठन गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । अब प्रधानमन्त्रीको नेतृत्वमा सीसीएमसीको निर्देशक समिति रहनेछ ।

Batas

यसअघि सीसीएमसीको नेतृत्वमा उपप्रधानमन्त्री ईश्वर पोखरेल रहेका थिए । पाखेरेल अब सीसीएमसीको सदस्य रहनेछन ।

सीसीएमसीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले पूर्वरथी शर्मालाई सीसीएमसीको सीईओ नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.