www.tandavnews.com
Fact ~ In search of truth

जेठ २२ गते कोरोना भ्रम र यथार्थ सम्बन्धि डिभाईन युथ क्लबको अनलाईन परामर्श

पोखरा /ताण्डव न्यूज ।

डिभाइन युथ क्लव नेपालले कोभिड १९ भ्रम र यथार्थ अनलाईन परामर्श कार्यक्रम आयोजना गर्ने भएको छ ।

भोली जेठ २२ गते शनिवार दिउसो ३ बजेबाट जुममार्फत सञ्चालन हुने उक्त कार्यक्रममा कोभिड १९ सम्वन्धी सचेतनामुलक प्रस्तुतीकरण, परामर्श एवं सहभागीका जिज्ञासा क्लवमा आवद्ध मेडिकल टिमका डाक्टरहरुमार्फत समाधान गर्ने गरी कार्यक्रम तय भएको क्लवले जनाएको छ ।

Batas

जुम लिंक र थप जानकारीको लागि क्लवको फेजबुक पेज मा इभेन्ट बनाइएको समेत क्लवले जनाएको छ ।ठुला शहरी क्षेत्र भन्दा पनी ग्रमीण क्षेत्रमा परामर्शको बढि आवश्यकता देखिएको भन्दै क्लवले यसअघी सातवटै प्रदेशमा प्रदेश स्तरीय निःशुल्क कोभिड १९ परामर्श कार्यक्रम सम्पन्न गरिसकेको छ । यस कार्यक्रममा पनि ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरुलाई बढि प्राथमिकता दिने गरी प्रचार प्रसार गरिएको क्लवले जनाएको छ ।

सामाजिक सेवा र अध्यात्मिक जागरणको क्षेत्रमा क्रियाशिल श्री राधा माधव समिति नेपाल अन्तर्गतको क्लवले कार्यक्रममा मानसिक स्वस्थ्यलाई पनि प्रामिकतामा राखी मानसिक रुपमा स्वस्थ्य रहने गर्न सकिने केहि व्यवहारिक अभ्यास समेत गराउने जनाएको छ । उक्त कार्यक्रममा सहभागि हुनका लागि कुनै शुल्क नलाग्ने क्लबले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.