काठमाडौं ।
अखिल नेपाल किसान महासंघले बाढी, तथा पहिरो पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
महासंघका अध्यक्ष डा.प्रेम दङ्गालले विज्ञप्ति जारी गर्दै बाढी, पहिराका कारण विस्थापित भएका परिवारलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका छन् । कृषियोग्य जमीन एकाएक बगर र खण्डहरमा परिणत भएकामा महासंघले चिन्ता प्रकट गरेको छ ।
महासंघले भारी वर्षातका कारण सिन्धुपाल्चोक, मनाङ, गोरखा, प्यूठान, पाल्पा, स्याङ्जा, अर्घाखाँची, लमजुङ, कास्की, जुम्ला, जाजरकोट र डोटीमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
विज्ञप्तिमा बाढीपहिरामा परी ज्यान गुमाउनेका परिवारमा समवेदना प्रकट गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरिएको छ । महासंघले बेपत्ता भएकाको खोजी कार्यमा विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिँदै घाइतेको उपचारमा कुनै कमी नराख्न आग्रह गरेको छ । विज्ञप्तिमा कोरोना महामारीको समय भएकाले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै सबै पक्ष सहयोगमा जुट्नुपर्ने उल्लेख गरिएको छ । रासस
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.