www.tandavnews.com
Fact ~ In search of truth

साउन २७ सम्म लम्बियो कास्की निषेधाज्ञा

पाेखरा
ताण्डव न्यूज ।

कास्कीमा निषेधाज्ञालाई निरन्तरता दिइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आज एक सूचना जारी गर्दै निषेधाज्ञालाई निरन्तरता दिइएको जनाएको छ । संक्रमण र मृत्युदर बढ्दै गएकाले साउन ३ देखि जारी निषेधाज्ञा आदेशलाई २७ गते राति १२ बजेसम्म निरन्तरता दिइएको प्रशासनले जनाएको छ ।

‘कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यस कार्यालयबाट आदेश जारी हुँदै आएकोमा पछिल्ला दिनहरुमा संक्रमण दर र मृत्युदर वढ्दै गएकोले यस सम्वन्धी तथ्याङ्क विश्लेषणका आधारमा पछि उपयूक्त आदेश जारी गर्ने मिति २०७८/०४/१८ गते बसेको जिल्ला कोभिड-१९ व्यवस्थापन समिति (DCMC) बाट निर्णय भए अनुसार संक्रामक रोग ऐन २०२० को दफा २, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) तथा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ बमोजिम मिति २०७८/०४/०३ मा जारी निषेधाज्ञा आदेशलाई मिति २०७८/०४/२७ गते राति १२:०० बजे सम्म कास्की जिल्लाभर लागू हुने गरी निरन्तरता दिईएको छ’, सूचनामा उल्लेख छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.