पोखरा ।
मित्र मिलन कृषि सहकारी संस्था लिमिटेडले नयाँ वर्षको अवसरमा हिजो सोमबार रक्तदान ,क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले पहिलो रक्तदाता भरत भट्टराईलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए । सहकारी प्राङ्गणमै भएको कार्यक्रममा ३० युनिट रगत संकलन भएको थियो ।
क्षेत्रिय रक्तसञ्चार कार्यालय पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय पोखराका शाखा प्रमुख सन्तोष घिमिरे ,संस्थाका अध्यक्ष भरत भट्टराई लगायत अतिथि रहेका थिए ।
संस्थाका सचिव प्रबन्ध निर्देशक रमण पौडेलले कार्यक्रम संचालन गरेका थिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.