पोखरा/ताण्डव न्यूज
नेकपा माओबादी केन्द्रले आफ्नो कार्यकाल लुम्बनीमा जस्तै गण्डकी प्रदेशको सत्ता नेतृत्व पनि अधियाँ पाउनुपर्ने तर्क अघि सारेको छ ।
काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा सहभागी भएका गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले आलोपालो सरकारबारे पार्टीमा कुरा उठेको बताए । सोमबार ताण्डव न्यूजसंगको कुराकानीमा पूर्व मन्त्री समेत रहेका चुमानले भने ‘लुम्बिनीमा आलोपालो हुनी, अन्त नहुँनी भन्ने कुरा हुँदैन, गण्डकी प्रदेशका लागि पनि आलोपालोमा जाने कुरा उठ्नु स्वाभाविक हो ।’ बैठकमा कुरा उठेको भएपनि ठोस निर्णय भने भई नसकेको चुमानले बताए ।
यदि लुम्बनीमा पूरै कार्यकाल आफूहरुले नेतृत्व गर्न पाए गण्डकीमा पनि पूरै कार्यकाल काँग्रेसले नै नेतृत्व गर्न पाउने उनले प्रष्ट्याए । ‘यदि लुम्बनीमा आलोपालो नभए गण्डकीमा पनि हुँदैन, तर उता भयो भने यता नहुँने कुरै भएन’ उनले भने । केन्द्रिय कमिटी बैठकमा यस विषयमा कुरा उठेपनि निर्णय भने भइ नसकेको बताए । ‘बैठकमा कुरा उठेको छ तर निर्णय चाहिँ भएको छैन’ उनले भने । यसअघि आइतबार पार्टीका गण्डकी अध्यक्ष हितराज पाण्डेले आलोपालो चलाउनुपर्ने भन्दै बैठकमा कुरा उठाएका थिए ।
गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकार पन्छाएर कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बनेको हो । करिब २ महिनाको लामो रस्साकस्सीपछि गुरुङ सरकार ढाल्दै गठबन्धनले गत जेठ २९ सत्ता प्राप्ति गरेको थियो ।
उता लुम्बनी प्रदेशमा पनि एमालेका शंकर पोखरेलको राजीनामासँगै माओबादी केन्द्रका कुल प्रसाद केसी मुख्यमन्त्री बनेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र सूर्य चिन्हबाट चुनाव लडेका एक सदस्यसहितको गठबन्धनको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.