www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना

काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ जितिया पर्व मनाउने स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदीबहिनीमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गरेका छन् । जितिया पर्वका अवसरमा आज एक सन्देश दिँदै उनले तराई क्षेत्रमा मनाइने यस पर्व नेपालको एक विशष्ठि पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गरे ।

सन्देशमा भनिएको छ, ‘हाम्रा संस्कृति र संस्कारहरुका आ–आफ्नो विशिष्ठ पहिचानका विशेषताहरु छन् । त्यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्वमध्येको जितिया पर्व पनि एक हो । यस पर्वले समस्त आमा र सन्तानबीचको माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउनेमा म विश्वस्त छु ।’

Batas

प्रधानमन्त्री देउवाले संस्कार, संस्कृति, रीतिरिवाज एवं मूल्यमान्यताले जितिया पर्वलगायतका पर्वको विशिष्ठ महत्वलाई आत्मसाथ गर्दै नेपाल सरकार यस्ता पर्वको संरक्षण र सम्बद्र्धनमा प्रतिवद्ध रहेको बताएका छन् । उनले जितिया पर्व मनाउने सबैलाई एकतावद्ध भई हर्सोल्लासपूर्वक मनाउन आग्रहसमेत गरेका छन् ।

 

 

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.