पोखरा।
जिल्ला अदालत मोरङले ३३ किलो सुन काण्डमा जोडिएका गण्डकी प्रदेश प्रहरी प्रमुख तथा डिआइजी दिवेश लोहनीलाई सफाइ दिएको छ । डिआइजी लोहनीसँगै जोडीएका सबै प्रहरीहरुले सफाई पाएका हुन् ।
सफाइ पाउनेमा डिआइजी दिवेश लोहनी, पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, पूर्वएसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल, प्रहरी उपरीक्षक प्रजित केसी, प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र विष्णु थापा छन्।
त्रिभुवन विमानस्थलबाट भित्रिएको ३३ किलो सुन गायब भएपछि अपराध महाशाखाका तत्कालिन एससपी लोहनी लगायतको टोलीले अनुसन्धान थालेका थिए । त्यसक्रममा सुन भरिया सनम शाक्याको हत्यापछि गृह मन्त्रालयले छनबिन समिति बनाएको थियो । छानबिन समितिले त्यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको ३३ किलो सुनको अनुसन्धान गरेको थियो।
अनुसन्धानमा तत्कालीन अवस्थामा त्रिभुवन विमानस्थलमा रहेका डिआइजी गोविन्दप्रसाद निरौला सहितका प्रहरीलाई प्रतिवादी बनाइएको थियो ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.