www.tandavnews.com
Fact ~ In search of truth

गीतकार किरण खरेललाई अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार

पोखरा ।
नेपाली संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको स्मृति एवम् सम्मानमा स्थापना गरिएको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ । ६ दशक भन्दा बढी समयदेखि नेपाली गीतलेखनमा अनवरतरुपमा लागेका जेष्ठ गीतकार खरेललाई २०८० वैशाख १६ गते उक्त पुरस्कार प्रदान गरिने छ ।

अम्बर गुरुङ राष्ट्रिय पुरस्करको राशी नगद २ लाख सहित सम्पानपत्र रहने छ । साथै प्रत्येक २/२ वर्षमा प्रदान गरिने पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले जानकारी दिए । ‘करिव ५ दशकदेखि नेपाली साहित्य, संगीत र कला क्षेत्रमा क्रियाशील यस संस्थाद्धारा स्थापित यस महत्वपूर्ण पुरस्कारद्धारा नेपाली संगीतकर्मी एवम् संगीतप्रेमी समस्त महानुभावहरुले खुसी र गर्वबोध गर्नेछन भन्ने हामीले अपेक्षा गरेका छौँ’उनले भने ।

वि.सं.१९९५ माघ २७ गते काभ्रेपलाञ्चाेकमा जन्मिएका गीतकार खरेलका ए दूरका सितारा, के हो तिम्रो नाउँ, मेरी पारु, प्रियतमालागाएत कृतिहरु प्रकाशित छन् । नेपाली साहित्यमा एम.ए सम्मको अध्ययन गरेका खरेलले सय भन्दा बढी चलचित्रमा गीत रचना गरेका छन् ।
खरेल छिन्नतला गीत पुरस्कार–२०३९, राष्ट्रिय प्रतिभा पुरस्कार–२०५६(चलचित्र र साँस्कृतिक मन्त्रालय) बाट समेत सम्मानित भएका थिए ।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.