www.tandavnews.com
Fact ~ In search of truth

पोखराको मेयर पदका लागि २५ जनाको उम्मेदवारी

पाेखरा।

पोखरा महानगरपालिकाको मेयर पदका लागि २५ जनाको उम्मेद्वारी मननोनयन दर्ता भएको छ मुख्य राजनीतिक दल, साना दल र स्वतन्त्र गरी २५ जनाले नाम दर्ता गराएको मुख्य निर्वाचन अधिकृत निल पनेरुले ताण्डव न्यूजलाई जानकारी दिए ।

प्रमुख दल नेकपा एमालेबाट कृष्ण थापा उम्मेदवार बनेका छन् भने गठबन्धनबाट एकीकृत समाजवादीका नेता धनराज आचार्यले मेयरमा उम्मेदवारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शंकर खराल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गोविन्द गुरुङ, सचेत नेपाली पार्टीबाट भोजराज खनाल, मौलिक जरोकिलो पार्टीका एन्जल तिमिल्सीना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमप्रसाद गुरुङ, नेपाल जनता दलबाट मुक्तिनाथ सुवेदी, आमूल परिवर्तन पार्टीबाट मुना बानियाँले उम्मेदवारी दिएका छन् ।

Batas

यस्तै, जनमत पार्टीबाट शरणसिंह मोक्तान, देशभक्त समाजबाट नरबहादुर दमै, नेपालका लागि नेपाली पार्टीबाट रोशनी बानियाँ, संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चबाट अनिलकुमार राई, उन्नत लोकतन्त्र पार्टीबाट आशिष् थापा, नेकपा समाजवादीबाट भेषराज त्रिपाठीले उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरू पनि धेरै छन् । अटेरी अभियानबाट गनेस पौडेल र अन्य स्वतन्त्र उम्मेद्वारहरु विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला, किसान सिंह गुरुङ, नन्दप्रसाद तिवारी, सुनिल कुमार कोइराला र ऋषिराम सापकोटाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । कार्की, सापकोटा र तिवारीले गठबन्धनबाट बागी उम्मेदवारी दिएका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.