www.tandavnews.com
Fact ~ In search of truth

ताप्लेजुङ कोरोना मुक्त

फुङ्लिङ

ताप्लेजुङमा कोरोना भाइरस संक्रमणमुक्त भएको छ । पछिल्लो पटक संक्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा यांकवरक गाउँपालिकाका ५ जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोना मुक्त जिल्ला भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार यस अगाडि जिल्लाका सबै पालिका संक्रमणमुक्त भइसकेका थिए । कोभिड– १९ को दोस्रो चरण शुरुआत भएपछि जिल्लामा २ हजार ५ सय ३१ संक्रमित भएका थिए । तीमध्ये सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा ५ सय ५६ संक्रमित भएका थिए भने सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ४७ संक्रमित भएका थिए ।

Batas

कोभिड संक्रमणका कारण जिल्लाभित्र १६ जनाको मृत्यु भएको जिप्रकाले जनाएको छ । पिसिआर विधिबाट २ हजार २ सय ८८ र एन्टिजेनमार्फत ८ हजारी गरी कुल १० हजार २ सय ८८ को परीक्षण गरिएको थियो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.