www.tandavnews.com
Fact ~ In search of truth

महामारी अगावै छायांकन सकिएको ‘चपली हाइट ३’ यही पुस २ मा रिलिज हुँदै

ताण्डव न्यूज

अर्जुन कुमारले निर्माण गरेको चलचित्र ‘चपली हाइट ३’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । कोरोना महामारी फैलिनु अगावै छायांकन सकिएको यो फिल्म दर्शकले चाँडै हेर्न पाउने भएका छन् । चलचित्र आगामी पुस २ मा रिलिज हुनेछ । यो चलचित्रले आफ्नो प्रदर्शन मिति यस अगाडि २०७६ साल चैत २७ गतेलाई तोकेको थियो ।

स्वस्तिमा खड्का, लक्ष्मी बर्देवा, सुपुष्पा भट्ट, अर्पण थापा, अमिर गौतम, महेश त्रिपाठी, जीवन भट्टराई, प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौलालगायत कलाकारको अभिनय छ । झन्डै २ वर्षपछि सिनेमा हलमा दर्शक आउने सम्भावना देखिएकोले नेपाली निर्माता तथा निर्देशकहरु आफ्ना फिल्म रिलिज गर्ने अवस्थामा पुगेको हो । चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

 

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.